PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

नेपाल भर्सेस भारत : पहिलो हाफमा नेपाल १-० ले अगाडि

नेपाल भर्सेस भारत : पहिलो हाफमा नेपाल १-० ले अगाडि


काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको छ।

खेलको ३६ औँ मिनेटमा भारतीय टोलीका डिफेन्डर र गोलकिपरबीच समन्वय बन्न नसकिरहेको अवस्थाको फाइदा उठाउँदै अन्जन बिस्टले गोल गरेका हुन्।

सुरुवातदेखि नै भारतले खेलमा दबाब बनाएको थियो। २८ औँ मिनेटमा पुजन उपरकोटीले पोस्ट नजिकै बाट गरेको प्रहार किपरको दाइने तर्फबाट बाहिरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell