PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

नेपालीलाई खुशी बनाउन नसकेकोका माफी चाहन्छु : प्रशिक्षक अलमुताइरी



नेपालीलाई खुशी बनाउन नसकेकोका माफी चाहन्छु : प्रशिक्षक अलमुताइरी

काठमाडौं : नेपाल र भारतबीच आज सम्पन्न मैत्रीपूर्ण सिरिजको पहिलो खेल १-१ को बराबरीमा रोकिएको छ। आजको खेललाई लिएर नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालीलाई खुशी दिन नसकेको भन्दै माफी मागेका छन्।

‘नेपालीहरुलाई खुशी बनाउन नसकेकोमा माफी चाहन्छु। मेरो खेलाडीप्रति म गौरव गर्छु। हामीले अझै सुधार गर्न आवश्यक छ’, खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अलमुताइरीले भने, ‘अहिलेको खेलभन्दा हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण हो। त्यसैले हामीले नयाँ खेलाडीलाई पनि अवसर दिएका हौँ।’

युवा खेलाडी धेरै खेलाएको भन्ने सन्दर्भमा उनले एक जना कुवेती खेलाडीको उदाहरण दिँदै भने, ‘एज इज जस्ट अ नम्बर, नो वन इज टु योङ।’

सुरुवातदेखि नै भारतले खेलमा दबाब बनाएको थियो। २८ औँ मिनेटमा पुजन उपरकोटीले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिएको थियो।


 
खेलमा नेपालले पहिलो अग्रता लिएको थियो। खेलको ३६ औँ मिनेटमा भारतीय टोलीका डिफेन्डर र गोलकिपरबीच समन्वय बन्न नसकिरहेको अवस्थाको फाइदा उठाउँदै अन्जन बिस्टले गोल गरेका थिए।

६१ औँ मिनेटमा भारतीय कप्तान सुनिल छेत्रीको प्रहार किरण चेम्जोङले पन्च गरे पनि अनिरुद्र थापाले बललाई जालीको दिशा दिए।

दोस्रो हाफमा खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। दोस्रो हाफमा पनि केही राम्रा अवसहरु नेपालले बनाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
अब नेपाल र भारत आइतवार दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell