PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका, दलितको माग सम्बोधन



कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका, दलितको माग सम्बोधन

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सच्याएको छ। निर्देशिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितता गरिएको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी सो निर्णय गरिएको हो। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने।’

यसअघि, नेता मीन विश्वकर्माले वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाले दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको भन्दै बुधवार केन्द्रीय सदस्य तथा नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell