PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘द मम् : ब्युटी कन्टेस्ट’को लागि आवेदन खुला



‘द मम् : ब्युटी कन्टेस्ट’को लागि आवेदन खुला

काठमाडौं : आमा भइसकेका महिलाहरुको क्षमता विकास गर्न मोडल सङ्स नेपालले ‘द मम् : ब्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि आयोजकले आवेदन समेत खुला गरेको छ।

मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित शुक्रवारदेखि प्रतियोगिताको आवेदन खुला गरेको हो।

प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत वा मोडल सङ्सको कार्यालय काठमाडौं महानगरपालिका-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सीईओ डेभिल सिंह राजपुतले बताए।

‘इच्छुक महिलाहरुले रु एक हजार तिरेर अनलाइन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौँ’, उनले भने।

सहभागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell