काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ। गृहमन्त्रीको निवासमा शुक्रवार गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेटवार्ता भएको हो।
भेटमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका वन्दी नेता/कार्यकर्ताको रिहाई, दार्चुला तुइन घटना, एमसीसी र देशको राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ।