PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

किरण बने नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी



किरण बने नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी
नेपाल-भारतबिच पहिलो मैत्रिपूर्ण खेलका क्रममा चेम्जोङ

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपाली टोलीका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। चेम्जोङले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। विराजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्।

आजको खेलसँगै चेम्जोङले ७४ औं खेल खेल्दैछन्। यसअघि दशरथ रंगशालामै सम्पन्न नेपाल, बंगलादेश र कीर्गिस्तान यू २३ प्रतियोगितासम्म खेल्दै संन्यास लिएका विराज महर्जनले ७३ क्याप जितेका थिए।

किरणले २००८ मा लाओसविरुद्धको खेलबाट नेपाली टिममा डेभ्यू गरेका थिए।

भारतसँगको खेलअघि चेम्जोङसँग नेपालको लागि सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले भने: यो यात्रा सोचेजस्तो सहज थिएन। खुशी छु। अझै जानका लागि लामो बाटो बाँकी छ। भविष्यमा पनि राम्रो गर्छु भन्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell