PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपालमाथिको जितपछि भारतीय प्रशिक्षकको प्रतिकृया : पहिलो खेलभन्दा दोस्रो खेल राम्रो भयो



नेपालमाथिको जितपछि भारतीय प्रशिक्षकको प्रतिकृया : पहिलो खेलभन्दा दोस्रो खेल राम्रो भयो

काठमाडौं : भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले नेपालसँगको पहिलो खेलभन्दा दोस्रो खेल राम्रो भएको प्रतिकृया दिएका छन्। दोस्रो मैत्रीपूर्ण खेलमा नेपालमाथि २-१ को संघर्षपूर्ण जित निकालेपछि भारतीय टोलीका प्रशिक्षक स्टिमाकले आजको खेल मैत्रीपूर्ण खेलभन्दा माथिल्लो स्तरको भएको बताए।

‘फुटबलको राम्रो खेल भयो। दोस्रो खेल पहिलो खेल भन्दा राम्रो भयो। मेरा खेलाडीहरु अघिल्लो खेलमा भन्दा बढी प्यासेन्स देखिए’, भारतका क्रोएसाली प्रशिक्षक स्टिमाकले भने, ‘यो मैत्रीपूर्ण खेलभन्दा धेरै थियो। हामीले केही ठूला गल्तीहरु पनि गर्‍यौँ।’

उनले नेपाली टोलीमा सुधार भएको देखेको प्रतिकृया दिए।

पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
 
दोस्रो हाफको शुरु मै विशाल राईले राम्रो अवसर पाएर पनि पोस्टमा प्रहार गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा नेपाल धेरै आक्रामक देखिएको थियो। यद्दपि, दोस्रो हाफमा भारतले गोल गर्न सफल भयो र खेलमा अग्रता लियो। खेलको ६२ औँ मिनेटमा फारुख चौधरीले भारतका लागि गोल गरे।


 
७५ औँ मिनेटमा भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमाकले पहेँलो कार्ड पाएका थिए। ८० औँ मिनेटमा अनिरुद्र थापाले चलाखीपुर्ण बल निकाले र भारतीय टोलीका कप्तान सुनिल छेत्रीले किपर किरण चेम्जोङसँग वान भर्सेस वानको अवस्थामा गोल गर्दै अग्रता दोब्बर बनाए।
 
खेलको ८६ औँ मिनेटमा तेज तामाङले नेपालका लागि गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन। आजको खेलमा गोलकिपर विशाल श्रेष्ठको डेब्यू गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell