PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अफगानिस्तानमा युद्ध सकियो, विकास र पुनर्निर्माणका लागि चीनको सहयोग महत्वपूर्ण रहनेछ : तालिवान



अफगानिस्तानमा युद्ध सकियो, विकास र पुनर्निर्माणका लागि चीनको सहयोग महत्वपूर्ण रहनेछ : तालिवान
Photo : Aamaj News

तालिवानले चाँडै अफगानिस्तानमा सरकार गठन गर्ने बताएको छ। तालिवानी प्रवक्ता जाबिमुल्लाह मुजाहिदले पत्रकार सम्मेलन गर्दै पन्जशिरमाथि नियन्त्रण कायम गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ। साथै, अब अफगानिस्तानको पुनर्निर्माणमा ध्यान दिने समेत उनले जनाएका छन्।

उनले केहीदिनमा नै सरकार गठन हुने भन्दै सरकार गठन कार्यक्रममा सहभागी हुन विभिन्न देशलाई निमन्त्रणा पठाइएको बताएका छन्।

उनले विश्वका सम्पूर्ण देशसँग राम्रो सम्बन्ध बनाउन आफूहरुले चाहेको बताएका छन्। अफगानिस्तानको विकास र पुनर्निर्माणमा चीनले सहोग गर्न सक्ने उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell