PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यथार्थ घटनामाथि बनेको फिल्म ‘जार’को फर्स्ट लुक पोस्टर सार्वजनिक



यथार्थ घटनामाथि बनेको फिल्म ‘जार’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं : अभिनेता सौगात मल्ल र अनुप बिक्रम शाही अभिनित फिल्म ‘जार’को फर्स्ट लुक पोस्टर रिलिज भएको छ। यथार्थ कथामा निर्माण गरिएको यस फिल्मको पोस्टरमा अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ। फिल्मको केन्द्रीय द्वन्द्व नै महिला पात्र हो।

सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको यो फिल्मले सन् १८०० को अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई समेटेको छ। उल्लेखित तीन पात्रको वरिपरी नै फिल्मको कथा घुम्नेछ। गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता हुन्।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायाङ्कन गत अप्रिलमा सम्पन्न भएको थियो। ‘जार’को कथा इन्द्र बहादुर राईले लेखेका हुन्। फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’को सहकार्यमा यो फिल्म निर्माण गरेको हो।

फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ। फिल्मको छायाङ्कनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ। केहि समयपछि टिजर रिलिज गरेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell