PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मकवानपुरमा गाउँपालिका अध्यक्षसहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत



मकवानपुरमा गाउँपालिका अध्यक्षसहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

हेटौँडा : नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)मा सोमवार मकवानपुरका एक गाउँपालिकाका अध्यक्ष, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष लगायत १० जना जनप्रतिनिधिले सनाखत गरेका छन्।

सोमवार एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा-१ का सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्रसरोबर-५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा रहेका छन्।

यसअघि, बिहीवार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायत २५ जना जनप्रतिनिधिले एमाले छाड्दै एकीकृत समाजवादीमा सखानत गरेका थिए। योसँगै मकवानपुरमा सोमवारसम्म गरी एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३५ जना पुगेको छ।

हेटौँडामा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको र भोलि पनि सनाखत गर्ने तयारीमा मकवानपुरका जनप्रतिनिधि रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell