PahiloPost

Jun 23, 2024 | १० असार २०८१

एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल



एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्न सबैलाई अपिल गरेका छन्। सोमवार बसेको जनवर्गीय संगठनहरुको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ।

बैठकले सरकार, राजनीतिक पार्टीहरु, सांसदलगायत नागरिक समाजको ध्यानाकर्षण गर्दै सम्झौताको व्यापक विरोध गर्न अपिल गरेको हो। बैठकले देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड महामारीबाट जनताहरु प्रताडित भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षति भइरहेको अवस्थामा देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन अपिल समेत गरेको छ।

जनवर्गीय संगठनहरुले संयुक्त प्रेस वक्तव्यमा भनेका छन्, ‘सरकारले संसद् अधिवेशन बोलाएको, विभिन्न सञ्चार माध्यमहरुमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नेबारे समाचारहरु प्रकाशन भएको विषयमा यसै साता हुने एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले हामीलाई थप सशंकीत बनाएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell