PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भियतनाममा ८ जनालाई कोरोना भाइरस सारेको अभियोग लागेका युवक दोषी ठहर, पाँच वर्ष जेल सजाय



भियतनाममा ८ जनालाई कोरोना भाइरस सारेको अभियोग लागेका युवक दोषी ठहर, पाँच वर्ष जेल सजाय
Photo : THANH NIEN / BBC

भियतनाममा एक जनालाई कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा पाँच वर्ष जेल सजाय सुनाइएको छ। अदालतले २८ वर्षीय लि भान ट्रीले ८ जनालाई 'खतरनाक सुरुवा रोग फैलाएको' कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

का माउ जाँदै ट्रीले स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै झुटो विवरण पेश गरेको खुलेको छ। का माउमा अन्य प्रदेशबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको थियो। तर उनले आइसोलेसन नियम पनि तोडेको पाइएको छ।

कोरोन संक्रमण पुष्टि भएपछि उनले परिवारकै सदस्य र उनले भ्रमण गरेको वेल केयर सेन्टरका कर्मचारीलाई संक्रमण सारेको पुष्टि भएको छ। उनबाट संक्रमित भएका एकजनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। जेल सजायसँगै उनलाई ८८० डलर (करिब १ लाख नेपाली रुपैयाँ भन्दा बढी) जरीवाना समेत गरिएको छ।

भियतनाममा जुन महिनादेखि कोभिड १९ संक्रमण दर बढ्दै गएको छ। त्यसअघि संक्रमण दर नियन्त्रणमा थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell