PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरियो, अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा



सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरियो, अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।

दल विभाजनपछि पनि नेकपा (एमाले)मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। राजीनामा दिएपछि उनले लोकतन्त्रको रक्षाका लागि आफूले दल रोजेको र पदबाट राजीनामा दिएको बताए।

विगतमा शाह र गहतराज दुवै एमालेभित्र माधव कुमार नेपालको पक्षमा थिए। सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा एमाले पनि सहभागी थियो। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। सुदूरपश्चिम सरकारमा अब माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell