PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एकैदिन १ लाख २३ हजार बढीले लगाए खोप, थपिए १६४० संक्रमित



एकैदिन १ लाख २३ हजार बढीले लगाए खोप, थपिए १६४० संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  थप १ हजार ६४० जन कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, २ हजार १६१ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार ४७९ पुगेको छ।

संक्रमणक कारण थप १० जनाको मृत्यु हुँदा कूल मृतकको संख्या १० हजार ८८९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २८६ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ५६ लाख ८३ हजार ६१ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। यस्तै, ५० लाख ५६ हजार ८०३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell