PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

चीनले अफगानिस्तानलाई २० करोड युआन बराबरको खाद्यान्न, खोप र औषधि उपलब्ध गराउने



चीनले अफगानिस्तानलाई २० करोड युआन बराबरको खाद्यान्न, खोप र औषधि उपलब्ध गराउने
File Photo : Reuters

चीनले अफगानिस्तानलाई खाद्यान्न, जाडोका आपूर्ति, खोप र औषधि उपलब्ध गराउने भएको छ। चीनले अफगानिस्तानलाई २०० मिलियन (२० करोड) युआन मूल्य बराबरको सामग्री उपलब्ध गराउने भएको चिनियाँ विदेशमन्त्री वाङ यीलाई उदृत गर्दै पिपुल्स डेली चाइनाले उल्लेख गरेको छ।

 

चीनले अफगानिस्तानका जनताका लागि ३० लाख डोजको खोप सहयोग गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, चीनले ‘चीन-दक्षिण एशिया आपतकालीन कोष’ अन्तर्गत अफगानिस्तानलाई थप महामारीविरुद्धको सामग्री र आपतकालीन आपूर्तिहरु पनि प्रदान गर्न इच्छुक रहेको मन्त्री वाङ यीले बताएका छन्।

अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरुसँगको भर्चुअल बैठकमा यीले सो सहयोग घोषणा गरेका हुन्।

त्यसैगरी, चीनले तालिबान सरकार गठनको स्वागत पनि गरेको छ। चीनले अफगानिस्तानमा तालिबानको केयरटेकर सरकार गठनको घोषणालाई महत्व दिएको विदेश मन्त्रालयका प्रवक्ताले बुधवार जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell