PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मैतीदेवीको एउटा भवनमा शंकास्पद वस्तु भेटिएपछि पुग्यो बम डिस्पोजल टोली, सीसीटीभीमा देखिए दुई शंकास्पद



मैतीदेवीको एउटा भवनमा शंकास्पद वस्तु भेटिएपछि पुग्यो बम डिस्पोजल टोली, सीसीटीभीमा देखिए दुई शंकास्पद

काठमाडौं : मैतीदेवीको सेतोपुलबाट १ सय मिटर दुरीमा रहेको एक भवनमा संकास्पद वस्तु फेला परेको छ। सो वस्तु विष्फोटक पदार्थ हुनसक्ने आशंकामा सुरक्षाकर्मीको बम डिस्पोजल टोली परिचालन भएको छ।

'हाम्रो टोली घटनास्थलमा नै छ। विष्फोटक पदार्थ हो या तर्साउनका लागि राखिएको वस्तु हो बुझ्दैछौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

मात्रिका आइ सेन्टर रहेको भवनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो। भवनमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले सो वस्तु राखेर निस्किएको देखिएको छ। प्रहरीले ती दुवैको मोबाइल नम्बर पत्ता लगाइसकेको छ। 

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आएकाले यहाँको सुरक्षा व्यवस्था बिहानै देखि कडा पारिएको छ। यस्तोमा प्रहरीले शतर्कता बढी नै अपनाइरहेको छ। 

सुमारसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं ओर्लिएका छन्। एमसीसी विरुद्ध केही दिनयता लगातार प्रदर्शन भइरहेको छ भने विभिन्न राजनीति दल र संगठन नै एमसीसीका प्रतिनिधिविरुद्ध कालो झन्डा देखाउने कार्यमा सक्रिय छन्। त्यसैले पनि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell