PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली



नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली
Photo : Nepal Army

काठमाडौं : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई पदबहाली गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्।

नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजा समेत गरेका छन्।

उनको सम्मानमा  सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell