PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्नेमा जोड



स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्नेमा जोड

काठमाडौं : विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड-१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कोभिड-१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको भन्दै विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार नभएको बताइन्।

'स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ' उनले भनिन्।

उनले विश्वका राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेको बताइन्। साथै, हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धहरूमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको पनि उनले बताएकी छिन्।

डा. सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताएकी छिन्। साथै, हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्न उनले जोड दिइन्।

'आवश्यक पर्ने प्राथमिकता तथा कायहरू हामीले पहिचान गर्न हामीले काम गरिराख्नुपर्छ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell