PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

स्याङ्जामा भेटिए रंगकर्मी प्रकाश दाहाल, सुनाए 'म हराएको होइन' कविता



स्याङ्जामा भेटिए रंगकर्मी प्रकाश दाहाल, सुनाए 'म हराएको होइन' कविता

काठमाडौं : झापाबाट हराएका रंगकर्मी प्रकाश दाहाल आज स्याङ्जाको वालिङमा भेटिएका छन्। उनले आफू सकुसल रहेको र सातदिनपछि स्याङ्जा आइपुगेको फेसबुक लाइभमार्फत जानकारी दिएका छन्।

खबर नगरी हिँड्दा परिवार, आफन्त र साथीहरुले भोग्नुपरेको सास्तीप्रति उनले माफी मागेका छन्।

'मोबाइल नबोकी हिँडेका कारण मैले दिएको सास्तीप्रति शिर निहुर्‍याएर माफी माग्न चाहन्छु। तपार्ईंले जुन दुःख पाउनु भयो त्यसका लागि एकदमै माफी चाहन्छु’ उनले भनेका छन्।

उनले फेवातालको किनारमा बसेर लेखेको ‘म हराएको होइन’  कविता पढेर समेत सुनाएका छन्।

झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका थिए। कदम थिटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि थियटरले परिवारलाई खबर गरेको थियो। परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी गरेको थियो। हराएपछिको दोस्रो दिन उनलाई इनरुवामा देखिएको हल्ला चले पनि पुष्टि भएको थिएन ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell