PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अरुणा लामाको सम्झनामा कविता श्रेष्ठले ल्याइन् ‘हाँसी हाँसी जलिरहेँ’



अरुणा लामाको सम्झनामा कविता श्रेष्ठले ल्याइन् ‘हाँसी हाँसी जलिरहेँ’

काठमाडौं : कविता श्रेष्ठको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीत सार्वजनिक भएको छ। गायिका अरुणा लामाको जन्मदिन पारेर अरुणा लामाको सम्झना स्वरुप उनकै गीतलाई रिमेक गरी कविताले यो गीत ल्याएकी हुन्।

अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतमा कविता श्रेष्ठले स्वर भरेकी छिन्। गीतकार नरेन्द्र राज प्रसाइले लेखेको गीतमा कुन्दन राज सुब्बाको संगीत रहेको छ।

यमु शर्मा क्रिएशनको प्रस्तुती रहेको म्युजिक भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस) लगायतको अभिनय देख्न सकिन्छ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई आयुष छेत्रीले निर्देशन गरेका हुन्। यमु शर्माले लेखेको कथालाई निर्देशकले घरेलु हिंसामा नारीको मौनताभित्र रहेको पिडालाई अत्यन्त कलात्मक रुपमा प्रस्तुत गर्ने कोशिस गरेको छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell