PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने



एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुने गरी विधेयक पेश गर्न लागेका हुन्। केहीबेरमा बस्ने प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्रीले विधेयक पेश गर्न लागेका हुन्।  

आज दुईपटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका थिए। पहिलो बैठकमा एमाले सांसदले अवरोध गरेपछि सभामुअ अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। फेरि बसेको दोस्रो बैठकमा एमालेको अवरोधबिच संचालन गरिएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell