PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रधानमन्त्री देउवालाई एमसीसी उपाध्यक्ष सुमरले भनिन् : कम्प्याक्ट संसद्बाट छिटो अनुमोदन हुने विश्वास छ



प्रधानमन्त्री देउवालाई एमसीसी उपाध्यक्ष सुमरले भनिन् : कम्प्याक्ट संसद्बाट छिटो अनुमोदन हुने विश्वास छ
फोटो : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमर नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ।

भेटका अवसरमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र एमसीसीबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउन लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताए।

साथै, एमसीसी उपाध्यक्ष सुमरले उक्त कम्प्याक्ट संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै कम्प्याक्टले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell