काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले गरेको राजीनामा सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। यादवले बुधवार पेश गरेको राजीनामा सभापति देउवाले अस्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औँ महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सरहाना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गर्नु भएको छ।’
कांग्रेसको क्रियाशील विवादले चरम रुप लिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका थिए। संस्थापन पक्षले एकतर्फी रुपमा अघि बढ्न खोजेपछि यादवले राजीनामा दिएको बताइएको छ।