PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बा, कुन देखाउँ? जिन्दावाद कि मुर्दावाद?



रवीन्द्र मानन्धर

बा, कुन देखाउँ? जिन्दावाद कि मुर्दावाद?

बडो सकसपूर्ण बनेको छ एमसीसी। सरकारमा हुँदा एमसीसी पास गर्न मरिहत्ते गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा एकाएक फेरियो बोली। संसदीय दलको बैठकमा एमसीसी पास गरे राष्ट्रघात हुने भनियो तर निर्णय चाहिँ गरिएन। 

ओलीले बिचमा भाषण गर्दा एमसीसीमाथि यूटर्न भए झै देखियो पनि। तर, फेरि एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं उत्रिए। पहिलो भेट नै ओलीसँग गरे उनीहरुले। अनि ओलीले पनि गुनासो पोखे - सरकारमा हुँदा एमसीसी अघि बढाउन प्रयास गरेको भए पनि विभिन्न शक्ति केन्द्रहरुले अघि बढाउन दिएनन्। 

अब रनभुल्ल कार्यकर्ता - कतै त सडकमै उत्रिसकेका त कतै विलखबन्दमा परिरहेका। माधवकुमार नेपालका कार्यकर्ता त विरोधमै उत्रिरहेका। परेन फसाद! कुन दिन पक्षमा बोल्दिने हुन्, कुन दिन बिरोधमा। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell