PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पूर्व राजदूत एवं उद्योगी रुक्म शम्शेरको निधन



पूर्व राजदूत एवं उद्योगी रुक्म शम्शेरको निधन
फोटो : nocnepal.org.np

काठमाडौं : उद्योगी रुक्मशम्शेर राणाको निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित रहेका उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार विहान निधन भएको हो। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्।

उनी डाबर नेपालका प्रबन्ध निर्देशकसमेत भएका थिए। बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ। सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक उत्पादन थालेको थियो।

सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको डाबरले अहिले हजार करोडभन्दा बढी कारोबार गरिरहेको छ। यो कम्पनीले भारतमा समेत आफ्ना विभिन्न उत्पादन निकासी गर्छ। उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन्।

उनी भारतका लागि नेपालका राजदूतसमेत भएका थिए। उनी राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिव समेत भएका थिए। राणा २०५० देखि २०५१ सम्म र २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए। सुवर्ण शम्शेरका कान्छा छोरा रुक्म सुरुवातदेखि नै नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका थिए। उनी कांग्रेस राजनीतिमा संलग्न रहेकै कारण धेरै पटक जेलसमेत गएका थिए।

उनको आजै दाहसंस्कार गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell