PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ढुंगेधारा संरक्षणमा वाग्मती प्रदेश सरकारको चासो



ढुंगेधारा संरक्षणमा वाग्मती प्रदेश सरकारको चासो

हेटौंडा : वाग्मती प्रदेशभित्र रहेका ढुंगेधारा ‘हिति’ हरुको संरक्षण अभियान थालिएको छ। प्रदेश सरकरको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका जीर्ण र सुक्दै गएका ऐतिहासिक ढुंगेधाराहरुको संरक्षण अभियान थालेको हो।

चालु आर्थिक वर्षमा प्रदेशका १३ जिल्लामा रहेका यस्ता धाराहरुको संरक्षण तथा जीर्णोद्धारको लागि मन्त्रालयले करिब एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको खानेपानी तथा सरसफाई डिभिजन नक्बर १ हेटौंडाका इन्जिनियर शेखरनाथ खनालले जानकारी दिए।

सबैभन्दा धेरै यस्ता धाराहरु काठमाण्डौं उपत्यकामा बेवारिसे अवस्थामा रहेका छन्। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाका १० नगरपालिकाभित्र ५७३ ढुङ्गेधारामध्ये ४७९ मात्र भेटिएको छ। भेटिएकामध्ये पनि अधिकांश सुकेका छन्। काठमाडौं उपत्यकमा रहेका यस्ता धाराहरुको संरक्षणमा यो चालु आर्थिक वर्षमा काम गर्ने मन्त्रालयले जनाएको छ।

यता मन्त्रालयले ढुंगेधार संरक्षण गर्ने भनेपछि मकवानपुरमा रहेका तर वेवारिसे बनाइए ढुंगेधारा पनि संरक्षण हुनेमा स्थानीय आशावादी देखिएका छन्। कतिपय ढुंगेधारमा त पानी पनि आउन थालिसकेको छ।

मकवानपुरको चित्लाङस्थित चन्द्रागिरिको फेदीमा रहेको चर्चित ‘गुर्जुधारा’ को संरक्षण काम यसअघि नै सुरु भएको थियो। तर चित्लाङ पुग्ने पर्यटकहरु सुक्दै गएको जीर्ण धारा देखेर खिन्न मानेर फर्कने गरेको स्थानीय बताउँछन्। काठमाडौं नजिकको पर्यटकीय नगरी चित्लाङमा पुराना ढुंगेधाराहरुको जीर्णोद्धार र संरक्षण भएपछि यहाँका बासिन्दाहरु खुशी भएका छन्।

गाउँघर घुम्न आउने पर्यटकरु पनि पुराना एतिहासिक धाराहरुको जीर्णाद्धार भएको देख्दा खुशी मानेर फकने गरेको स्थानीयबासी सानुकान्छा लामाले बताए। गुर्जुधारा नजिकै सातधारामा पानी सुक्दै जीर्ण हुँदा स्थानीहरु खानेपानीको अन्य स्रोत खोज्न बाध्य थिए। तर शताब्दी पुरानो सातधाराबाटै पानी खान पाएपछि स्थानीयहरु दंग भएको उनले जनाए।

चित्लाङमा रहेका ढुंगेधाराहरुको जीर्णोद्धार र संरक्षण वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो। मन्त्रालयले एतिहासिक ढुंगेधारा संरक्षण कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ हेटौंडा मार्फत करिब ५४ लाख रुपैयाँ खर्चेर थाहा नगरपालिका ९ चित्लाङमै थप दुई वटा नारायनहीटी धारा, थाहा नगरपालिकास्थित पालुङमा दुईवटा र हेटौंडामा एकवटा ढुङ्गेधारा जीर्णोद्धार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell