PahiloPost

Jul 3, 2024 | २० असार २०८१

२०७५ जेठ २ गते अगाडिको संरचनामा फर्कियो मकवानपुर एमाले



२०७५ जेठ २ गते अगाडिको संरचनामा फर्कियो मकवानपुर एमाले

हेटौँडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गते अगाडिको संरचनामा फर्किएको छ। आज हेटौँडामा तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो।

२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेसँगै पुरानो संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा आज बैठक बसेको हो।

बैठकले ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ। समितिको अध्यक्षमा बद्री लम्साल, उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा रहेका छन्।

बैठक एमाले पोलिट्व्युरो सदस्य एवं वाग्मती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell