PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग



लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग

काठमाडौं : दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ। एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीबन पहिरोका कारण आफ्नो सर्वस्व गुमाएका लापिलाङका तीन सय ५६ परिवारलाई एक कार्यक्रमका बीच ब्ल्याङ्केट, सुईटरलगायत लत्ताकपडा वितरण गरिएको हो।

लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र नेपाल-चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले संयुक्त रुपमा ३ सय ५६ पिस ब्ल्याङ्केट, १ सय ८ पिस ऊनीको सुईटर वितरण गरेको छ भने नेपाल-चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले ६ हजार पिस मास्क र स्यानिटाइजर ६ लिटर वितरण गरेको छ।

अन्तर्राष्ट्रिय डिस्ट्र्क्टि ३२५ ए २ अन्तर्गत पर्ने लायन्स क्लब नेपाल शेर्पाजले स्थापनाकालदेखि नै समाजमा प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, समुदायलाई विभिन्न राहत सहयोग, वातावरण जोगाउ अभियान, मधुमेह युवा सचेतना लगायत थुप्रै सामाजिक कार्यहरुमा अग्रसरता देखाउँदै आइरहेको छ।

पहिरोले रानीबनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ। बन क्षेत्रदेखि खोला किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको पीडित स्थानीयहरु बताउँछन्।

स्थानीयहरुमा आइपरेको विपत्ति आफैँ पुगेर देख्दा ज्यादै मार्माहित महसुस गरेको लायन्स क्लब अफ नेपाल शेर्पाजका डिजास्टर रिलिफ संयोजक जाङ्बु शेर्पाले बताए।

पहिरोले गर्दा थुप्रै भागहरु निरन्तर कटान भएको र जति सक्दो छिटो बस्तीलाई सुरक्षित स्थानान्तरणको खाँचो रहेको बताउँछन् लायन्स् क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा। पीडितहरुको पीडामा थोरै राहत पुर्‍याउन सफल भएकोमा खुशी लागेको भएपनि वस्तुगत स्थितिले आफूलाई साच्चै पीडाबोध भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell