PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

अमेरिकामा सेप्टेम्बर ११ आक्रमणको संस्मरण



अमेरिकामा सेप्टेम्बर ११ आक्रमणको संस्मरण
फाइल फोटो : AP

  • पिटर हचिसन-

न्यूयोर्क : अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८:४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ। सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो।    
    
एक शान्त तथा मर्यादित समारोहबीच सेप्टेम्बर ११ मा भएको आक्रमणको स्मरण गर्दै आयोजित २० औं वार्षिक समारोहमा हमलामा मारिएका आफन्तजनको थुप्रै नातेदार तथा अमेरिकी अधिकारीले आँशु पुछिदिएको दृष्यहरू सञ्चारमाध्यममा छापिएका छन्।    
    
यो बीचमा अमेरिकाले बदलामा आक्रमणका योजनाकार ओशामा विन लादेनसहित उक्त आक्रमणको जिम्मेवारी लिएको स्लामिक स्टेट (आइएसआइएस) समूहलाई लक्षित गरी चलाएको अभियान पूरा भएको जनाएको छ। अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनपछि अफगानिस्तानम पुनः तालिवान समूह सत्तामा फर्किएको छ भने अमेरिकाले अफगानिस्तानमा आफूले जुन उद्देश्यसहित सैनिक उतारेको थियो त्यो उद्देश्य पूरा भएको जनाएको छ।    
    


भर्जिनियामा आयोजित श्रद्धाञ्जली सभामा अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रथम महिला जिल बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायत। फोटो : AFP


कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए भने न्यूयोर्कमा कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा उपस्थित भएको चार घण्टा लामो समारोहमा मारिएकाहरूको नाम पढेर उनीहरूको स्मरण गरिएको थियो।    
    
अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका आक्रमणबाट मारिएका व्यक्तिहरूको सम्झनामा अमेरिकी राष्ट्रपति बाइडेनसहितका अधिकारीहरूको उपस्थितिमा वासिङ्टन डीसीको पेन्टागन र पेन्सिलभेनियाको शाङ्क्सभिलमा पनि अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका हृदयविदारक घटनाको स्मरण गरिएको छ।    
    
वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रबार संप्रषण गरिएको भिडियोमा राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई सबैभन्दा ठूलो बल एकता भएको भन्दै एकता देखाउन अमेरिकीहरूसँग आग्रह गरेका थिए।    
बाइडेनले ह्वाइट हाउसको छ मिनेटको सन्देशमा भने, “मेरो लागि सेप्टेम्बर ११ को मुख्य पाठ यो हो कि मानव जातीका हैसियतले सबैको आत्मामा आतङ्कवादविरोधी लडाई रहेको र यसमा एकता सबैभन्दा ठूलो बल हुनेछ।”    
    
शनिबार भएको कार्यक्रममा विश्व व्यापार केन्द्रका दुई टावरलाई प्रहार गरिएको समय, पेन्टागन आक्रमण, ‘फ्लाइट नाइन्टी थ्री’ दुर्घटना समयसँग मेल खाने समयमा छ मिनेटको मौन धारण गरिएको थियो।    
    
 विश्व व्यापार केन्द्रमा आफ्नो ३७ वर्षीय पति माइकल इकेन गुमाएकी मोनिका इकेन–मर्फीको अरू थुप्रैकोजस्तै पीडा पनि अझै कम भएको छैन। उनले भने,“यो धेरै अमेरिकीहरूका लागि संस्मरणीय घटना हुनेछ।” उनले एएफपीलाई भनेका छन्, “मलाई यो भर्खरै भएको जस्तो लाग्छ यद्यपि सेप्टेम्बर ११, २००१ को बिहानदेखि पूरै पुस्ता हुर्किसकेको छ।”    
    
यसबीचमा अल–कायदाका संस्थापक ओसामा बिन लादेनलाई मारिएको छन्। ट्विन टावरको सट्टा म्यानहाटनमाथि एउटा ठूलो नयाँ टावर उठेको छ। अनि करिब दुई हप्ता अघि अमेरिकी सिपाहीहरू काबुल विमानस्थलबाट उनीहरूकै शब्दमा अमेरिकी इतिहासमा सबैभन्दा ‘लामो युद्ध’ अन्त्य गरेर फर्किएका छन्। तर पीडितको दुखेको मन निको भएको छैन।    
    
कुनै समय बिन लादेनलाई आश्रय दिएको भनिने तथा शक्तिशाली अमेरिकी सैनिकले काबु पारेका तालिबानले अफगानिस्तानमा फेरि शासन गरिरहेका छन्।    
    
‘गुआनटानामो बे’ मा सेप्टेम्बर ११ आक्रमणका आरोपित खालिद शेख मोहम्मद र अन्य चार योजनाकारहरूले अभियोग दर्ता भएको नौ वर्षसम्म पनि मुद्दा लडिरहेका छन्। यो आक्रमण कसरी भयो भन्नने सम्पूर्ण कथा समेत गोप्य नै छ। गत हप्ता मात्र बाइडेनले आगामी छ महिनाभित्र अमेरिकी गुप्तचर निकाय एफबीआईलाई अनुसन्धान गरी गोप्य कागजातहरूको बर्गीकरण गरी सार्वजनिक गर्न आदेश दिएका छन्।    
    
तीन ठूला आतङ्ककारी हमला
    
ग्राउन्ड जिरोमा भएको सुरुको विस्फोटनमा विश्वभरिका करिब दुई हजार ७५३ मानिसहरू मारिए, तिनीहरूको ज्यान गयो वा उनीहरू आक्रमणपछि भत्किएका भग्नावशेषमा पुरिएर सधैका लागि वेपत्ता बने।    
    
पेन्टागनमा एउटा विमानले विश्वको शक्तिशाली सेनाको केन्द्रमा आक्रमण गरी विमानमा र जमिनका गरी १८४ जनाको मृत्यु भएको थियो।     
    
अनि पेन्सिलभेनियाको शाङक्सभिलमा, यात्रुहरूले आफ्नो लक्षित लक्ष्यमा पुग्नुभन्दा पहिले ‘युनाइटेड ९३’ लाई अपहरणकर्ताहरूको तेस्रो चरणमा एउटा खेतमा दुर्घटनाग्रस्त गराए।    
    
एकताको सन्देश   
    
शुक्रबारको रात आफ्नो भिडियो सन्देशमा बाइडेनले अमेरिकीहरूलाई यस दुःखद घटनाबारे एकता साथ अघि बढ्न आग्रह गर्नुभएको छ। “एकताको अर्थ हामीले एउटै कुरामा विश्वास गर्नुपर्छ भन्ने होइन, तर हामीले एक अर्काप्रति र यस राष्ट्रमा आधारभूत सम्मान र विश्वास राख्नुपर्छ,” बाइडेनले भने।    
    
 राष्ट्रपतिले आफ्नो झन्डै आठ महिने राष्ट्रपति कार्यकालमा यो दिन निर्णायक दिन हुने योजना बनाएका थिए। तथापि, एकताको एकता क्षणको अध्यक्षता गर्नुको सट्टा बाइडेनले काबुल उद्धारका कारण आक्रोसको सामना गरिरहेका छन्। बहिर्गमनका बेला आत्मघाती बमवर्षकद्वारा मारिएका १३ अमेरिकी सिपाहीहरूको मृत्युले अमेरिकीहरूको मन दुखेको छ। यसले उनीहरूमा असफलता र हारको व्यापक महसुस भएको छ। यो चोट लामो समयसम्म रहिरहने छ।    
    
पीडितहरूका नातेदारहरूका लागि सधैं जस्तै यो वार्षिकोत्सव आफ्ना प्रियजनहरूको सम्झनालाई जीवित राख्ने क्षणबाहेक थप केही हुनसकेको छैन।    
    
अग्नि नियन्त्रक भाइ स्टिफनलाईको विश्व व्यापार केन्द्रमा गुमाएका फ्र्याङ्क सिलरले भने, “यो पर्ल हार्बरजस्तै हो।” जिउँदो नभएका मानिसहरूलाई यस विषयमा जिउँदो मानिसहरूको जस्तो अनुभूति हुँदैन। तर अमेरिकाले पर्ल हार्बरबारे कहिल्यै बिर्सेको छैन र सेप्टेम्बर ११ लाई पनि कहिल्यै बिर्सने छैन।”  रासस/एएफपी   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell