PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

उत्तर कोरियाले हान्यो जापानसम्मै पुग्ने लामो दुरीको शक्तिशाली मिसाइल



उत्तर कोरियाले हान्यो जापानसम्मै पुग्ने लामो दुरीको शक्तिशाली मिसाइल
फोटो : KCNA

उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीएनसीलाई उद्धृत गर्दै यसबारे समाचारहरु सार्वजनिक भएका छन्।

यही हप्ता प्रहार गरिएको उक्त मिसाइल ९३० माइल अर्थात १५०० किलोमिटर टाढा पुगेर समुन्द्री क्षेत्रमा खसेको बताइएको छ। उक्त मिसाइल जापानसम्म पुग्ने बताइएको छ। जापान र उत्तर कोरियाको दुरी एक हजार किलोमिटर दुरीमा पर्छ।

गएको ४० वर्षमा उत्तर कोरियाले १५० वटा मिसाइल प्रहार गरिसकेको बिबिसीले जनाएको छ। उत्तरको यो गतिविधिमाथि अमेरिकी सेनाले प्रतिक्रिया दिएको छ। उत्तर कोरिया सैन्य कार्यक्रमलाई निरन्तरता दिन र छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समूदायलाई तर्साउन प्रयासरत रहेको अमेरिकी सेनाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell