PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पर्सामा नक्कली नागरिकता बदरको मुद्दा बढ्दो, ६७ मुद्दाका ११३ जना फरार



पर्सामा नक्कली नागरिकता बदरको मुद्दा बढ्दो,  ६७ मुद्दाका ११३ जना फरार

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्सामा कीर्ते गरी जाली नागरिकता बदर गर्ने मुद्दामा पछिल्लो वर्ष वृद्धि  भएको छ। गत आव २०७७/७८ मा सबैभन्दा बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो। ६७ वटा मुद्दा दर्ता भएकोमा ९३ जना विदेशी पुरुष र २० जना विदेशी महिला फरार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गत वर्ष नागरिकतासम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भए। आर्थिक वर्ष २०७६/७७ मा नागरिकतासम्बन्धी दुई वटा मुद्दा दर्ता भएकोमा दुई जना स्वदेशी पुरुष पक्राउ परेको र चार जना स्वदेशी पुरुष, एकजना स्वदेशी महिला र १२ जना विदेशी पुरुष फरार रहेको उनले बताए। त्यसैगरी, चालू आव २०७८/७९ को शुरुआतमा जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकताविरुद्ध दुईवटा मुद्दा दर्ता भएको र एकजना नेपाली तथा दुईजना विदेशी पक्राउ परेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। एकजना स्वदेशी र एकजना विदेशी गरी दुईजना पुरुष र एकजना विदेशी महिला नागरिकता मुद्दामा पक्राउ परेको उनले बताए।

२०६३ सालमा नागरिकता टोलीबाट नागरिकता वितरण भएको बेला पैसा र पहुँचको अधारमा धेरै भारतीयहरुले नागरिकता पाएको आरोप लाग्दै आएको छ। घरपरिवारमा विवाद वा झगडा हुँदा उनीहरुकै परिवारजनबाट नागरिकता बदरको लागि आवश्यक छानबिनको माग गर्दै मुद्दा पर्ने गरेको छ। तर फितलो अनुसन्धान र प्रहरी प्रशासनको उदासिनताको कारण नागरिकता धारीहरुले लुकिछिपी बस्दै आएका छन्। प्रहरीले फरार रहेका अभियुक्तहरुलाई खोजी गरिरहेको जनाएको छ। विदेशी व्यक्तिहरू फरार सूचीमा बढी भएकाले उनीहरूलाई पक्रन समस्या भएको पर्सा प्रहरीले तर्क गर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि नागरिकता सम्बन्धमा छानबिन गरेको र गत वर्ष एकैपटक ७७ वटा फाइल प्रहरीमार्फत कारवाहीका लागि पठाएकोले गत वर्ष नागरिकतासम्बन्धी मुद्दा ह्वात्त बढेको प्रस्ट्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell