
कैलाली : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन्।
नेकपा (एमाले) विभाजन भएपछि सोमवार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजेका थिए। दलको बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय पनि गरेको छ।