PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

माओवादी केन्द्रले पारित गर्‍यो पार्टीको विधान, २२ सदस्यीय पार्टीको निर्वाचन आयोग गठन



माओवादी केन्द्रले पारित गर्‍यो पार्टीको विधान, २२ सदस्यीय पार्टीको निर्वाचन आयोग गठन
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ। मंगलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ। विष्णुप्रकाश श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ। प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए।

पार्टी प्रवक्ता महराले भने, ‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो, आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो। पार्टीको निर्वाचन आयोग बनायौँ, २२ जनाको पार्टीको निर्वाचन आयोग बनायौँ।’

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद् राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै माओवादी केन्द्र अडिक रहेको बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell