PahiloPost

Jul 4, 2025 | २० असार २०८२

काठमाडौं, सिन्धुपाल्चोकलगायतको कांग्रेस क्रियाशील विवाद टुंगिए पनि किन भएन सूची सार्वजनिक?



काठमाडौं, सिन्धुपाल्चोकलगायतको कांग्रेस क्रियाशील विवाद टुंगिए पनि किन भएन सूची सार्वजनिक?

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक किचलोका २० जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक हुन सकेको छैन। भदौ १८ मा एकैपटक वडा अधिवेशन सकिने गरी नेताहरुले सहमति गरे पनि क्रियाशील सूची सबै जिल्लाको एकैसाथ सार्वजनिक भएन।

जसकारण ५७ जिल्लाको मात्र वडा अधिवेशन प्रारम्भ भयो। जसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन विवादको घेरमै रहेको छ। देउवाइतर पक्षले डडेल्धुराको वडा अधिवेशन पुन गर्नुपर्ने माग गरिरहेका छन् भने देउवा पक्षले त्यो सम्भव नरहेको बताइरहेका छन्।

क्रियाशील सदस्यता सूची सार्वजनिकमा ढिलाई भएपछि कांग्रेसले वडासहित जिल्लासम्मको अधिवेशनको तालिका परिमार्जन गरेको छ। जसअनुसार बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ मा हुँदैछ।

काठमाडौंलगायत ८ जिल्लाको विवाद टुंगियो

कांग्रेसको निर्वाचन समितिको अनुसार सबैभन्दा बढी विवादित क्षेत्र काठमाडौं, सिन्धुपाल्चोक, कैलालीजस्ता जिल्लाको क्रियाशील टुंगो लागिसकेको छ। समितिका अनुसार मंगलवार साँझ नै काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको क्रियाशील विवाद टुंगो लागिसकेको हो।

तर ती जिल्लाको क्रियाशील सूची अझै पनि सार्वजनिक गरिएका छैनन्।

'२० जिल्लाकै एकैसाथ सार्वजनिक गर्ने तयारीले गर्दा टुंगिएका जिल्लाको नाम नआएको हो। आज या भोलि सबै जिल्लाको सूची सार्वजनिक हुन्छ,' निर्वाचन समितिका एक सदस्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell