PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेस महाधिवेशन : थप ७ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक



कांग्रेस महाधिवेशन : थप ७ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि ७ जिल्लाहरुको क्रियाशील सदस्यको नामावली बुधवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ।

कांग्रेसले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूची सार्वजनिक गरेको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको बताइएको छ।

क्रियाशिल सदस्यता विवाद रहेका अझै १३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell