PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल जेपिटीबाट प्रसारण हुने



‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल जेपिटीबाट प्रसारण हुने

काठमाडौं : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युब च्यानल मार्फत आउने भएको छ। ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएका कारण ‘सक्किगोनी’को आफ्नै युट्युब च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट आउन लागेको हो।

ओएसआर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युबबाट प्रसारण गर्ने निर्णय गरेको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले जानकारी दिए।

भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसन यो सिरियल आफ्नै युट्युब च्यानलबाट आउने कट्टेलले बताए।

आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई छ।

पछिल्लो समय सिर्जना गर्ने सर्जकहरुबाट सञ्चालित युट्युब च्यानलमार्फत सिरियलहरु आउने क्रम बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell