PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कास्कीमा निषेधाज्ञा खुकुलो, रात्रिकालीन व्यवसाय र शैक्षिक संस्था असोज पहिलो हप्तादेखि सञ्चालनमा आउँदै



कास्कीमा निषेधाज्ञा खुकुलो, रात्रिकालीन व्यवसाय र शैक्षिक संस्था असोज पहिलो हप्तादेखि सञ्चालनमा आउँदै
फाइल फोटो।

पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले साढे ४ महिना लामो निषेधाज्ञा हटाएको छ। कोरोना संक्रमणको चेनब्रेक गर्न जिल्लाको प्रभावित क्षेत्रमा लागू गरिएको निषेधाज्ञा प्रशासनले बुधवार हटाएको हो।

बुधवार कास्की प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रहेका व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ।

यस्तै, पोखरामा कोरोना महामारीले झण्डै दुई वर्षदेखि बन्द रहेका रात्रिकालिन व्यवसाय पनि असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ। पोखराका होटल तथा रेस्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाई बेलुकी ११:३० सम्म सञ्चालन गर्न सकिने जनाइएको छ।

बन्द रहेको नाचघर, दोहोरी साँझ जस्ता रात्रिकालिन व्यवसायहरु पनि स्वास्थ्य मापदण्ड अपनाएर रातिको १:३० बजेसम्म सञ्चालनमा आउने भएको छ।

जिल्लामा असोजदेखि विद्यालय र क्याम्पसलगायतका सबै शैक्षिक संस्थाहरु भौतिक उपस्थितमा सञ्चालन गर्न सकिने अनुमति प्रशासनले दिएको छ। प्रशासनको अनुमतिसँगै पोखरा महानगरपालिकामा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनमा आउने भएका छन्।

यसअघि नै पोखरा महानगरपालिका नगर शिक्षा समितिको २८ गते बसेको बैठकले महानगरभित्र रहेका शैक्षिक संस्था स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेदेखि सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो।

समितिले असोज १ देखि कक्षा सञ्चालन गर्न महानगरले १० बुँदे सूचना जारी गरेको छ। महानगरले तोके अनुसार विद्यालय सञ्चालन गर्नु पूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगणलाई पूर्णरुपमा निर्मलीकरण गरेरमात्र विद्यालय सञ्चालन गर्ने, विद्यालयको भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्ने निर्देशन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell