PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफगान मुद्राको प्रयोग गर्न नागरिक, सरकार र संस्थाहरुलाई अफगानिस्तानको केन्द्रीय बैंकको आग्रह



अफगान मुद्राको प्रयोग गर्न नागरिक, सरकार र संस्थाहरुलाई अफगानिस्तानको केन्द्रीय बैंकको आग्रह

अफगानिस्तानको केन्द्रीय बैंकले अघिल्लो सरकारका अधिकारीहरुबाट १ करोड २२ लाख ६८ हजार २ सय ४६ अमेरिकी डलर र सुनको केही मात्रा प्राप्त भएको जनाएको छ। बैंकले एक वक्तव्यमार्फत अधिकांश रकम र सुन पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहको निवासबाट प्राप्त भएको जनाएको बख्तर समाचार संस्थाले उल्लेख गरेको छ।

 

त्यस्तै, केन्द्रीय बैंकले सबै अफगान नागरिकहरु, सरकार र निजी संस्थाहरु र अन्य संस्थाहरुलाई आफ्नो आर्थिक लेनदेनमा अफगान मुद्राको प्रयोग गर्न आग्रह समेत गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell