PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

स्रोत नखुलेको साढे ३८ लाख रकमसहित वीरगंजबाट दुई जना पक्राउ



स्रोत नखुलेको साढे ३८ लाख रकमसहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १०० रुपैयाँसहित दुई जनालाई बुधवार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ माईस्थान चोकस्थित केपी ज्वेलरीका सञ्चालक ४५ वर्षीय कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय दीपक कुमार सर्राफ रहेका छन्।

सुन पसलभित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना अनुसार खटिएको प्रहरी टोलीले पसलमा रितपुर्वक खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले स्रोत नखुलेको रकम फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell