PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेताहरुलाई गल्ती सुधार्न आग्रह गर्दै अष्टमलक्ष्मी बाहिरिएपछि ईश्वर पोखरेलले भने : १० बुँदे जस्ताको त्यस्तै लागू हुँदैन



नेताहरुलाई गल्ती सुधार्न आग्रह गर्दै अष्टमलक्ष्मी बाहिरिएपछि ईश्वर पोखरेलले भने : १० बुँदे जस्ताको त्यस्तै लागू हुँदैन

काठमाडौं : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति जस्ताको त्यस्तै पालना नहुने बताएका छन्।

काठमाडौं जिल्ला कमिटीको भेलामा उनले १० बुँदे सहमतिलाई सिर्जनात्मक रुपमा लागु गरिने बताए। तर, त्यसका लागि एकताका पक्षमा लागेका (माधव नेपाललाई नयाँ पार्टी बनाउन साथ नदिएका १० नेता) गुटबन्दीमा लाग्न नहुने उनको तर्क छ। 

'गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने कुरालाई कुनै पनि हालतमा सैह्य हुन सक्दैन,' उनले भने।

नेकपा एमाले २०७५ जेठ २ मा नफर्कने उनको भनाई छ। उनले नेकपा एमाले एकता सहितको एमाले भएकाले परिवर्तित एमाले भएको तर्क गरे। भने,'पार्टीभित्रको एकतालाई १० बुँदे सम्झौतालाई सुझावको रुपमा आयो। त्यहाँ उल्लेख भएका सुझावलाई सिर्जनात्मक रुपमा लागु गर्ने कुरामा पछि हट्दैन। जेठ २ मा पुर्‍याउने भनेको पोलिटिकल सेन्समा पुर्‍याउने हो। २०७५ जेठ २ को मात्रै एमाले होइन। यो विकसित एमाले हो। यान्त्रिक रुपमा एमाले भनियो भने एमालेलाई बुझ्न सकिदैन। यो परिवर्तित सन्दर्भको एमाले हो। दुईवटा कुरालाई बिर्सिएर एमालेको कुरा गरियो भने अपुरो हुन्छ।'

पोखरेल अघि बोलेकी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमित कार्यान्वयन गर्न जालझेल नगर्न चेतावनी दिइकी थिइन। उनले पार्टी नेतृत्वले पुराना गल्तीलाई भुल्ने भन्दा निर्मम समीक्षा गर्नुपर्ने बताएकी थिइन्। शाक्य सम्बोधन सकिएर सभा हलबाट बाहिर निस्किसके पछि पोखरेलले १० बुँदे जस्ताको त्यस्तै लागू नहुने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell