PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बलिउड फिल्म बनाउने योजनामा नेपालकी व्यवसायी पुनम, नेपाली कलाकारलाई पनि अवसर दिने



बलिउड फिल्म बनाउने योजनामा नेपालकी व्यवसायी पुनम, नेपाली कलाकारलाई पनि अवसर दिने

काठमाडौं : नेपालकी व्यवसायी पुनम यादवले बलिउड फिल्म बनाउने घोषणा गरेकी छिन्। देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनमले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन्।

नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको नाम घोषणा गर्ने तयारीमा छिन्। अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनको भनाइ छ।

आफूले बनाउन लागेको बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको योजना छ। नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको बताउँछिन् उनी। पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणमा समेत सक्रिय हुनेछिन्। जुन फिल्मलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन्।

दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन्। गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ। ‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत ल्याउने तयारीमा लागेकी छिन्।

मनोरञ्जन क्षेत्रमा मधेसका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell