PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दशैँ र तिहारलाई लक्षित गरी देशका ८५ स्थानमा आजदेखि सहुलियत पसल सञ्चालनमा



दशैँ र तिहारलाई लक्षित गरी देशका ८५ स्थानमा आजदेखि सहुलियत पसल सञ्चालनमा
फाइल फोटो।

काठमाडौं : सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ। काठमाडौंमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायक लगायतका विभिन्न स्थानमा सहुलियत पसल राखिएको छ।

बिक्री काउन्टरबाट भौतिक उपस्थितिमा नै बिक्री गरिएको छ। पसलमा दैनिक उपभोग्य खाद्य सामग्री नुन, तेल, दाल, चामल, चिनी, जुम्लाको मार्सी चामल, चिउरा, आँटा लगायतका खाद्य सामग्रीहरु रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशीक कार्यालयकी प्रमुख ज्ञानु थापाले बताइन्।

खाद्य विभागले आजदेखि ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल सञ्चालन गरेको पनि उनले बताइन्। उनले चामल, दालमा प्रतिकेजी ५ रुपैयाँ, खाने तेलहरुमा प्रतिलिटर पाँच रुपैयाँदेखि १० र कर्णालीको सिमी र फापरको दानामा प्रतिकेजी १० रुपैयाँ र जिउँदो खसी बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको र २७ किसिमको खाद्य सामग्री बिक्रीका लागि राखिएको पनि जानकारी दिइन्।

प्रमुख थापाले भनिन्, ‘जनसंख्याको हिसाबमा हेर्दा त धेरै ठाउँमा राख्नुपर्ने हो, खाद्य विभागले आजदेखि ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल सञ्चालन गरेको हो। चामल, दालमा प्रतिकेजी ५ रुपैयाँ, खाने तेलहरुमा प्रतिलिटर पाँच रुपैयाँदेखि १० र कर्णालीको सिमी र फापरको दानामा प्रतिकेजी १० रुपैयाँ र जिउँदो खसी बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ।’

शुक्रवारदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल देशभर आगामी कात्तिक २४ गतेसम्म चल्नेछ। खाद्य विभागले अनलाइन सेवाबाट पनि खाद्य वस्तुमा छुट दिई निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको छ भने आवश्यक परेमा अनकलबाट पनि सेवा उपलब्ध गराइने खाद्य विभागले जनाएको छ।

त्यसका लागि Nepalfood.gov.np, Sastodeal.com, Mukundo.com, gogo20.com मा गएर माग गर्न सकिनेछ। त्यस्तै, दुर्गम जिल्लामा खाद्य आपूर्तिका लागि हेलिकप्टर, हवाइजहाज र पैदल बाटोको व्यवस्था गरिएको छ।

खाद्य विभागले आजदेखि ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल सञ्चालन गरेको छ भने कर्पोरेशनले, आयो नुनमा २ रुपैयाँ छुट दिएर प्रतिप्याकेट १८ रुपैयाँमा बिक्री गरिरहेको छ। त्यस्तै, २५ केजीको स्टिम जिरा मसिनो चामल प्रतिबोरा १७ सय ५० रुपैयाँमा बिक्री गरिहेको कर्पोरेशनले ५० रुपैयाँ छुट दिइ १७०० रुपैयाँमा बिक्री गर्ने जनाएको छ।

त्यस्तै, स्टिम सोना मन्सुली चामल १५ सय ७५ रुपैयाँमा बिक्री गरिरहेकोमा ४५ रुपैयाँ छुट दिइ सहुलियतमा १५ सय ३० रुपैयाँमा बिक्री गरेको छ। त्यस्तै, मुसुरो दालमा ५ रुपैयाँ छुट दिइ १५० रुपैयाँ प्रतिपाकेट बिक्री गरेको छ। मुसुरो दालको मूल्य पहिला प्रतिपाकेट १५५ रुपैयाँ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell