PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आजदेखि शुरु भएको राष्ट्रिय फुटसल लिगमा द राइजिङ र स्पोर्ट्स क्यासलको विजयी सुरुवात



आजदेखि शुरु भएको राष्ट्रिय फुटसल लिगमा द राइजिङ र स्पोर्ट्स क्यासलको विजयी सुरुवात

पोखरा : अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग आजदेखि शुरु भएको छ। पोखरा रंगशालाको कभर्डहलमा सञ्चालन भएको लिगको उद्घाटन खेलमा द राइजिङ धरान र स्पोर्ट्स क्यासल पोखराले विजयी सुरुवात गरेका छन्।

लिगको उद्घाटन खेलमा द राइजिङ धरानले मछिन्द्र स्काइ गोल्सलाई ५-४ ले हराएको हो। उक्त खेलको म्यान अफ द म्याच रिवोस मास्के घोषित भएका छन्।

दोस्रो खेलमा पोखराको स्पोटर्स क्यासलले प्रभातफेरी युथ क्लब धरानलाई ७-० गोलको फराकिलो अन्तरले हराएको छ। खेलको म्यान अफ द म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए।

खेलमा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन्।

यस्तै, जारी प्रतियोगिता अन्तर्गत भोलि ३ खेल हुने आयोजकले जानकारी दिएको छ। भोलि हुने पहिलो खेल लुम्बिनी फुटसल र झरना स्पोटर्स क्लबबीच हुनेछ भने दोस्रो खेल फुटसल ५ धरान र शंखमुल फुटसलबीच हुनेछ।

त्यस्तै, अन्तिम खेल ढुकु फुटसल हव काठमाडौं र सविन मेमोरियल पोखराबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell