PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधान दिवसमा पनि प्रधानमन्त्री देउवाको जोड खोपमै, 'यो वर्षको अन्तिम सम्ममा सबैलाई खोप'



संविधान दिवसमा पनि प्रधानमन्त्री देउवाको जोड खोपमै, 'यो वर्षको अन्तिम सम्ममा सबैलाई खोप'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्तसम्म सबैलाई खोप पुर्‍याउने बताएका छन्। ७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई खोप दिइने बताए। आफू नेतृत्वको सरकारको जोड कोभिड-१९ विरुद्धको खोप रहेको देउवाको भनाई छ।

देउवाले कोभिड-१९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। संविधानले नागरिकको आकांक्षा र भविष्‍यलाई एकाकार गरेको देउवाको भनाई छ। 'यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो,' देउवाले भने। संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको देउले बताए।

'राजनीतिक परिवर्तन प्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell