PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्व युवराज्ञी हिमानीले गरिन् जानकी मन्दिरमा पूजा

पूर्व युवराज्ञी हिमानीले गरिन् जानकी मन्दिरमा पूजा


जनकपुरधाम : पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अराधना गरेकी छिन्। आइतवार जनकपुरधाम आएकी हिमानी जनकपुरधामस्थित जानकी मन्दिरमा बेलुका पुगेर विशेष पूजा अराधना गरेकी हुन्।

पूर्व युवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तिले झकिझकाउ पारिएको थियो भने रेड कार्पेटमा उनको स्वागत गरिएको हो। हिमानी ट्रष्टले सोमवार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन्।

हिमानी ट्रष्टले सोमवार जनकपुरधामको कन्या मावि स्कुलमा खानेपानी सम्बन्धि सामाग्री वितरणका लागि एक कार्यक्रमको आयोजना गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell