PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग : लुम्बिनी र ढुकु फुटसलको विजयी सुरुवात, धरान र संखमुल बराबरीमा



राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग : लुम्बिनी र ढुकु फुटसलको विजयी सुरुवात, धरान र संखमुल बराबरीमा
फोटो : एन्फा

पोखरा : अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको दोस्रो दिन लुम्बिनी फुटसल र ढुकु फुटसल हबले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा जारी लिगको दोस्रो दिनको पहिलो खेलमा रुपन्देहीको झरना स्पोर्ट्स क्लबलाई ६-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी फुटसलले विजयी सुरुवात गरेको हो।

लिगको दोस्रो खेल फुटसल फाइभ धरान र संखमुल फुटसलबीच भएको थियो। खेलमा धरान र संखमुलले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। खेलमा संखमुलका क्रिजल म्यान अफ द म्याच भए।

यस्तै, तेस्रो खेलमा ढुकु फुटसल हबले विजयी हासिल गरेको छ। ढुकुले पोखराको सबिन मेमोरियल एफसीलाई ८-६ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। खेलमा ढुकुका उर्केनले म्यान अफ द म्याच उपाधी पाए।

आइतवारदेखि शुरु भएको लिगमा १० टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने आयोजकले जनाएको छ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell