PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राजीव काफ्लेको रिहाईको माग गर्दै प्रदर्शन, गाँजा खेतीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने अभियानमा थिए संलग्न

राजीव काफ्लेको रिहाईको माग गर्दै प्रदर्शन, गाँजा खेतीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने अभियानमा थिए संलग्न


काठमाडौं : गाँजा खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने अभियानमा संलग्न राजीव काफ्लेको रिहाईको माग गर्दै आज राजधानीमा प्रदर्शन गरिएको छ। नेपाल गाँजा वैधानिक महाअधियानले आफ्ना राष्ट्रिय विज्ञ सल्लाहकारको रिहाईको माग गर्दै प्रदर्शन आयोजना गरेको हो।

प्रहरीले भदौमा काफ्लेलाई नियन्त्रणमा लिएको थियो। उनलाई बिना कुनै कारण पक्राउ गरिएको भन्दै सामाजिक संजालमा उनको रिहाईको माग गर्दै अभियान नै चलाइएको थियो।

आज माइतीघरमा प्रदर्शनमा उत्रेकाहरुले काफ्लेको रिहाईको माग सहित गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell