
सत्ता फेरियो - चलन उही। पद पायो, पदक बाड्यो । डाडु पन्यूमा यसपाला शेरबहादुर देउवाको पालो यसपाला। आसेपासे र चाकरीबाज नछिर्ने कुरै भएन। पदक पाउने केही सज्जनका बिचमा आसेपासे र कार्यकर्ताको भिड हुरुरु छिरिहाल्यो। नाम संविधान दिवस, काम पदके बढाउने!
रमाइलो त के भने देउवाले पदक बाढ्दा केपी शर्मा ओली पक्षधरको चर्को रोइलो। अब ओली चाहिँ चोखा भन्ठानेको भए पोहर यसैगरी भित्रिएका पदकेहरुको सूची हेरे हुन्छ। सबैभन्दा रोचक चाहिँ एउटै हुने रहेछ - सत्तामा हुँदा पदक थाप्दै बधाई र शुभकामना। विपक्षमा हुँदा सत्तोसराप! बिग्रेको देशको भत्केको चाल भने झै भएन त? कि कसो?