PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालयमा भएको हुलहुज्जतको एमालेद्वारा निन्दा



नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालयमा भएको हुलहुज्जतको एमालेद्वारा निन्दा

काठमाडौं : नेकपा (एमाले)ले नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय बबरमहलमा भएको हुलहुज्जत, तोडफोड र पदाधिकारीहरुमाथिको हातपातको घटनाको निन्दा गरेको छ।

एमालेले एक विज्ञप्ति जारी गर्दै आज साँझ केही व्यक्तिहरुले कार्यालयभित्र अनधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोडफोड र संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीहरुलाई हातपात गरिएको जनाएको छ।

‘सो घटनामा संलग्न आक्रमणकारी समूहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको देखिएको आक्रमणकारी समूहलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि आपनो कार्यालयमा के भएछ भनी हेर्न आएका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको सुनियोजित घटना प्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले नियन्त्रणमा लिएका संगठनका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई तत्काल रिहा गरी आक्रमणमा संलग्न समूहलाई कारबाही गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell