PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

परराष्ट्र मन्त्रीमा डा नारायण खड्का नियुक्त



परराष्ट्र मन्त्रीमा डा नारायण खड्का नियुक्त

काठमाडौं : परराष्ट्र मन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्।

केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्।

सत्तारुढ गठबन्धनको मंगलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। आज राति साढे ८ बजे डा खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell